निर्माणाधिन पानी ट्याङ्कीमा डुबेर बालकको मृत्यु

बाल सञ्चार

  • ८६४ दिन अगाडि
  • २०७८ जेठ ०१ शनिबार

धादिङमा निर्माणाधिन पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

धादिङमा निर्माणाधिन पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिकाका वडा नम्बर २ स्थित चालिसेमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको हो । 

चालिसेस्थित बिहानी पेट्रोल पम्प नजिकै निमार्णधिन अन्डरग्राउण्डमा पानी टयाङकीमा डुबेर गजुरी गाउँपालिका–२ का साढे दुई वर्षका प्रवेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार शनिबार बिहान ११ बजे बालकको डुबेर मृत्यु भएको हो ।