बालअधिकारकर्मी तुलाधर अष्ट्रेलियाका लागि राजदूत सिफारिस

बाल सञ्चार

  • १२९९ दिन अगाडि
  • २०७८ जेठ ०३ सोमबार

सरकारले बालअधिकारकर्मी सुम्निमा तुलाधरलाई राजदूतका लागि सिफारिस गरेको छ । तुलाधरलाई सरकारले अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको हो । 

सरकारले बालअधिकारकर्मी सुम्निमा तुलाधरलाई राजदूतका लागि सिफारिस गरेको छ । तुलाधरलाई सरकारले अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको हो । 

वामपन्थी नृता पद्मरत्न तुलाधरकी छोरीसमेत रहेकी तुलाधरसहित ११ जनालाई सरकारले राजदूतका लागि सिफारिस गरेको हो । यसअघि राजदूत रहेका महेशराज दाहाललाईफिर्ता बोलाएपछि खाली रहेको ठाउँमा तुलाधरलाई सिफारिस गरिएको हो । 

राजदूतमा सिफारिस तुलाधर बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी निर्देशक हुन् । 

सरकारले गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिार्त बोलाएको थियो । दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै सरकारले फिर्ता बोलाएको थियो ।

परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरिया, अस्ट्रेलियासहित ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि उनीहरुको नियुक्ति हुनेछ ।