विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा पनि उच्च रहेको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट अहिले नेपाल सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा पनि उच्च रहेको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट अहिले नेपाल सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ ।
देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै बालबालिकामा पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । जसलाई मध्यनजर गर्दै राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकामा रहेको कोभिड जोखिमलाई लक्षित गरेर जानकारीमुलक भिडियो सन्देश सार्वजनिक गरेको छ ।
उक्त भिडियो सन्देशमा बालबालिकालाई कोरोना संक्रमणबाट बचाउँनका लागि अभिभावकले गर्नुपर्ने व्यवहार र गतिविधिका विषयमा जानकारी दिइएकोे छ ।
यस्तै, कोरोना संक्रमणको समयमा हुनसक्ने बाल संरक्षणको जोखिमबाट बच्ने उपायहरुका विषयमा पनि भिडियोमा जानकारी दिइएको छ ।