एकै घरका २ बालकको घाँटी रेटेर हत्या 

बाल सञ्चार

  • ८६१ दिन अगाडि
  • २०७८ जेठ ०४ मंगलबार

बारामा एकै घरका २ जना बालकको घाँटी रेटेर हत्या भएको छ । बाराको कलैयामा हत्या गरिएको अवस्थामा २ बालकको शव भेटिएको प्रहरीले जनाएको छ । 

बारामा एकै घरका २ जना बालकको घाँटी रेटेर हत्या भएको छ । बाराको कलैयामा हत्या गरिएको अवस्थामा २ बालकको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका ७ रंगपुरमा हत्या गरिएको अवस्थामा सोही ठाउँका २ बालकको शव भेटिएको हो । स्थानीय ९ वर्षीय उसमान र ७ वर्षीय अमिन अन्सारीको शव भेटिएको हो । 

आज मंगलबार बिहान रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।