भारत सरकारले बालबालिकाका लागि कोरोना खोपको परीक्षण गर्नका लागि अनुमति दिएको छ । अब भारतमा २ देखि १८ वर्षसम्मका बालबालिकाका लागि खोपको क्लिनिकल परीक्षण हुनेछ ।
भारत सरकारले बालबालिकाका लागि कोरोना खोपको परीक्षण गर्नका लागि अनुमति दिएको छ । अब भारतमा २ देखि १८ वर्षसम्मका बालबालिकाका लागि खोपको क्लिनिकल परीक्षण हुनेछ ।
भारतको ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकाका लागि कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।
यदि यो परीक्षण सफल भएको खण्डमा बालबालिकाले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउनेछन् । कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकामा ज्यादा असर गरिरहेको नतिजाहरु आइरहेको समयमा यो सकारात्मक खबर बन्न पुगेको छ ।
भारतमा आगामी २ सातामा बालबालिकाका लागि क्लिनिकल परीक्षण सुरु हुने भारतीय नीति आयोगलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
डिसिजिआईले डिआरडिओले विकास गरेको एन्टी कोभिड औषधि टू डिजीलाई पनि आपतकालीन उपयोगका लागि स्वीकृति दिएको छ । नीति आयोगले उक्त औषधिलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधिको परीक्षण गरिरहेको छ ।