बालिका बलात्कारको आरोपमा पक्राउ

बाल सञ्चार

  • ८६० दिन अगाडि
  • २०७८ जेठ ०५ बुधबार

इलाममा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवालाई पक्राउ गरेको हो । 

इलाममा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवालाई पक्राउ गरेको हो । 

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

सात वर्षीय बालिकालाई गत सोमबार फकाएर चियाबारीमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।