बालबालिकालाई यसरी सिर्जनात्मक बनाऔँ

बाल सञ्चार

  • १२९५ दिन अगाडि
  • २०७८ जेठ ०७ शुक्रबार

आजको डिजिटल युगमा अभिभावकको मुख्य चिन्ता बालबालिकालाई कसरी पढाउने अथवा नयाँ कुरा सिकाउने भन्ने बन्न पुगेको छ । इन्टरनेट र सामाजिक सञ्जालमा बालबालिकाको सहज पहुँच थप तनावको कारण बन्ने गरेको छ । 

आजको डिजिटल युगमा अभिभावकको मुख्य चिन्ता बालबालिकालाई कसरी पढाउने अथवा नयाँ कुरा सिकाउने भन्ने बन्न पुगेको छ । इन्टरनेट र सामाजिक सञ्जालमा बालबालिकाको सहज पहुँच थप तनावको कारण बन्ने गरेको छ । 

तर, सामान्य केही कुराहरुमा ध्यान पुर्याउन सकेको अवस्थामा बालबालिकालाई सहजै आफूले चाहेजस्तै असल र ज्ञानका कुरामा अभ्यस्त बनाउन सकिन्छ । यसका लागि आफ्ना बालबालिकाको आवश्यकतालाई अभिभावकले बुझ्न सक्नुपर्दछ । 

बालबालिकालाई स्वभाविक रुपमा रमाइलो वातावरण मन पर्दछ । यसकारण बालबालिकालाई पढाउँदा तथा केही नयाँ कुरा सिकाउँदा रमाइलो वातावरण बनाउनु पर्छ । जसकारण बालबालिकाले सिकाएका कुरालाई सजिलोसँग सम्झन सक्छन् ।

बालबालिकालाई के सिकाउन चाहेको हो, त्यो विषयमा पहिले भिडियोजन्य सामग्री जुटाउने कोसिस गरौँ । बालबालिकाले अभिभावकले भनेका कुरालाई भिडियोमा हेर्न पाउँदा सहजै सिक्न सक्छन् । 

बालबालिकाले भनेका कुराहरु भन्दा भिडियोमा देखेको, प्ले कार्ड लगायतका सामग्रीहरुमा देखेको कुराहरु धेरै सम्झन्छन् । जसबाट बालबालिकाको स्मरणशक्ति बलियो बन्न पुग्छ । 

बालबालिकासँग अन्तक्र्रिया गर्ने गरौँ । आफूले सिकाउने मात्रै भन्दा उनीहरुका कुरा सुन्ने र लागेका कुराहरु भन्न दिने गरौँ । उनीहरुलाई पनि सिकाउने अवसर दिँदा, जानेका कुरा ठूलो स्वरमा भन्न दिँदा ती कुराहरु बालबालिकाको सम्झानामा अझ बढी रहन्छ । 

आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक गतिविधिमा सक्रिय बनाउनुहोस् । यस्ता सिर्जनात्मक कामहरु पनि स–साना भागमा बाँढेर पढ्न तथा लेख्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले हरेक कुरा राम्रोसँग लामो समयसम्म सम्झिरहन्छन् ।

आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् । 

घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् । उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसँग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।

जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ ।