महोत्तरीबाट हराएका बालक भारतमा फेला परे

बाल सञ्चार

  • १२८ दिन अगाडि
  • २०७८ जेठ ०७ शुक्रबार

महोत्तरीबाट हराएका एक बालक भारतमा लुकाइराखेको अवस्थामा फेला परेका छन् । हराएको उजुी परेपछि खोजीका क्रममा बालकलाई भारतको रजवाराबाट उद्दार गरिएको हो । 

महोत्तरीबाट हराएका एक बालक भारतमा लुकाइराखेको अवस्थामा फेला परेका छन् । हराएको उजुी परेपछि खोजीका क्रममा बालकलाई भारतको रजवाराबाट उद्दार गरिएको हो । 

सोनमा गाँउपालिका ४ बाट हराएका बालक भारतको रजवारा भन्ने ठाउँमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकलाई एक घरमा न्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छोरा युवराज महतो गएको मंगलबार हराएका थिए । घरबाटै हराएका उनलाई प्रहरीले भारतीय ठाउँबाट उद्धार गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । बालकलाई उद्धारपछि प्रहरी कार्यालयमै राखिएको छ ।