नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय बन्द छन् ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय बन्द छन् ।
बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरूमा परिरहेको छ । सहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो सम्भावना छैन । यसबाट बालबालिकाको पठनपाठन मात्र नभएर उनीहरूको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।
कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ ।
कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यवहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यवहारिक शिक्षा दिने उत्तम अवसर भएको बताए ।
’हामी डिग्री चाहन्छौँ, सीप चाहन्नौँ । अङ्क चाहन्छौँ तर संस्कार र नैतिकता चाहन्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो, जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो,’ उनले भने ।