बाल मन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना संक्रमण

बाल सञ्चार

  • १२३३ दिन अगाडि
  • २०७८ जेठ ११ मंगलबार

काठमाडौंका बालमन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना संक्रमण भएको छ । नेपाल बाल संगठन अन्तर्गतका बाल मन्दिरमा आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौंका बालमन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना संक्रमण भएको छ । नेपाल बाल संगठन अन्तर्गतका बाल मन्दिरमा आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो । 

संगठन अन्तर्गतका नक्साल र सिफल बाल मन्दिरमा रहेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित बालबालिकालाई आइसोलेसनमा राख्ने संगठनले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भएका ५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनले जनाएको छ । नक्सालका संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको संगठनले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको संगठनले जनाएका छ । परीक्षण गर्दा नक्साल र सिफलमा कार्यरत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको संगठनले जनाएको छ ।