घाँटीमा लिचीको दाना अड्किँदा ६ महिने शिशुको मृत्यु

बाल सञ्चार

  • १०३० दिन अगाडि
  • २०७८ जेठ २० बिहीबार

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मुत्यु भएको छ । 

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मुत्यु भएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिने छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

वीरेन्द्रलाई बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्किएपछि महाकाली अस्पताल लगिएको थियो । 

तर,  उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।