चीनमा अब एक दम्पतीले तीन सन्तान जन्माउन पाउने

बाल सञ्चार

  • १२८३ दिन अगाडि
  • २०७८ जेठ २० बिहीबार

चिनियाँ दम्पत्तीले अब बढीमा तीन सन्तान जन्माउन पाउने भएका छन् । 

चिनियाँ दम्पत्तीले अब बढीमा तीन सन्तान जन्माउन पाउने भएका छन् । 

चीनका राष्ट्रपति सी जिनपिङले पोलिटिकल ब्यूरोको बैठकमार्फत दुई बच्चाको नीतिमा परिवर्तन ल्याउने स्वीकृति दिएका हुन् ।

जनसंख्या वृद्धिदर कम देखिएपछि दम्पतीहरुलाई थप बच्चा जन्माउन दिन चीन सरकारमाथि दबाब परेको थियो । 

सन् २०१६ सम्म चीनमा एक सन्तान नीति थियो । २०१६मा त्यसलाई परिवर्तन गरी दुई सन्तान जन्माउन पाउने बनाइएको थियो । 

अहिले त्यसलाई पनि परिवर्तन गरेर तीन सन्तान पाउन सक्ने नीति ल्याइएको हो ।