मोडेर्नाको खोप बालबालिकामा शतप्रतिशत प्रभावकारी

बाल सञ्चार

  • ८४५ दिन अगाडि
  • २०७८ जेठ २० बिहीबार

अमेरिकी कम्पनी मोडेर्नाले तयार गरेको कोरोना भाइरस विरुद्धको खोप बालबालिकामा शतप्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकी कम्पनी मोडेर्नाले तयार गरेको कोरोना भाइरस विरुद्धको खोप बालबालिकामा शतप्रतिशत प्रभावकारी देखिएको छ । मंगलबार दोस्रो तथा तेस्रो चरणको परीक्षणको नतिजा सार्वजनिक गर्दै मोडेर्नाले आफ्नो खोल बालबालिकामा शतप्रतिशत प्रभावकारी रहेको बताएको हा । 

मोडेर्नाले विकास गरेको कोरोना खोप १२ देखि १७ वर्षसम्मका बालबालिकामा शतप्रतिशत प्रभावकारी देखिएको हो । बालबालिकाका लागि यो खोप शतप्रतिशत प्रभावकारी र सुरक्षित रहेको कम्पनीले दाबी गरेका छ । 

माडेर्नाले खोपको परीक्षणका क्रममा ३ हजार ७३२ बालबालिका सहभागी गराएको कम्पनीले बताएको छ । जसमा २ हजार ४८८ जना बालबालिकालाई दुवै डोज खोप लगाइएको थियो । 

दुवै डोज लगाएका सबै बालबालिकामा कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको मोडेर्नाले दाबी गरेको छ । यससँगै कम्पनीले आफ्नो खोप सुरक्षित रहेको भन्दै अमेरिकी नियामक निकायमा बालबालिकामा प्रयोगको अनुमति माग्ने भएको छ । 

यसअघि फाइजरले विकास गरेको कोरोना खोपले क्यानडामा बालबालिकाका लागि प्रयोगको अनुमति पाइसकेको छ । त्यहाँ १२ देखि १५ वर्षका बालबालिकाका लागि प्रयोगको अनुमति दिइएको हो ।