कोरोना संक्रमित बालबालिकालाई यसरी गरौँ घरमै हेरचाह

बाल सञ्चार

  • १०७३ दिन अगाडि
  • २०७८ जेठ ०५ बुधबार

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव अहिले बालबालिकामा पनि परिरहेको छ । अझ कोरोनाको दोस्रो लहरमा त प्रभावित बालबालिकाको संख्या तीव्र गतिमा बढिरहेको छ । 

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव अहिले बालबालिकामा पनि परिरहेको छ । अझ कोरोनाको दोस्रो लहरमा त प्रभावित बालबालिकाको संख्या तीव्र गतिमा बढिरहेको छ । 

यसबीचमा नेपालमा कोरानाको दोस्रो लहरका कारण नेपालमा स्वास्थ्य क्षेत्रमा भयावह अवस्था देखिन थालेको छ । अस्पतालहरुमा आइसियू र भेन्टिलेटरको अभाव रहेको छ भने अक्सिजनको चरम अभाव देखिएको छ । 

यसबीचमा भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले धेरैजसो बालबालिकाको हेरविचार वा उपचार घरमा नै गर्न सकिने बताएको छ । मन्त्रालयले बालबालिकामा कोरोनाको लक्षण देखिँदा अथवा संक्रमित भएको अवस्थामा उनीहरुको हेरविचारका लागि गाइडलाइन जारी गरेको छ ।

कोरोना संक्रमित बालबालिकामा कम लक्षण देखिएपनि केही बालबालिकामा सामान्य लक्षणहरु देखिने गरेको छ । जसमा ज्वरो, खोकी, सास फेर्न समस्या, थकावट, घाँटी खसखस, मांसपेशी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । 

बालबालिकामा थप लक्षणहरुमा जोर्नीमा मांसपेशीलाई हड्डीसँग जोड्ने कडा इलास्टिकजस्तो तन्तु दुख्नु, नाक बग्नु, गन्ध थाहा नहुनु, स्वाद नआउनु, पेट खराब हुनु लगायत रहेका छन् । 

लक्षणबिनाका कोरोना संक्रमितलाई यसरी गरौँ हेरविचार
सामान्यतया लक्षणबिनाका कोरोना संक्रमित बालबालिकालाई घरमा नै हेरविचार गर्न सकिन्छ । यस्ता बालबालिकामा केही दिनपछि घाँटी खराब हुने, नाक बग्ने, सास फेर्न गाह्रो नहुने तर खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ । केही बालबालिकाको पेट पनि खराब हुनसक्छ ।

संक्रमित बालबालिकालाई घरमा अलग्गै राखेर लक्षणको आधारमा उनीहरुको उपचार गर्न सकिन्छ । संक्रमितलाई ज्वरो आएको खण्डमा भने चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल दिन सकिन्छ ।

लक्षण नदेखिएका बालबालिकामा अक्सिजनको स्तरलाई अक्सिमिटरको सहायताले लगातार निगरानीमा राख्नुपर्छ । संक्रमितमा अक्सिजनको स्तर ९४ प्रतिशतभन्दा कम हुन थालेको अवस्थामा भने डाक्टरको सल्लाह लिनुपर्छ । 

साममन्य लक्षण भएका बालबालिकाको घरमा यसरी गरौँ हेरविचार
सामान्य लक्षण देखिएको कोरोना संक्रमित बालबालिकालाई घरमा नै छुट्टै कोठामा परिवारका सदस्यहरुसँग अलग राखौँ । जसबाट परिवारका अन्य मानिसहरुमा संक्रमण नफैलियोस् ।

प्यारासिटामोलको मात्रा कति दिने त्यसबारे डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह गरौँ । चिकित्सकको सल्लाहअनुसार सिटामालको डोजलाई ४ देखि ६ घण्टामा दोहोर्याउन सकिन्छ । 

संक्रमित बालबालिकाको शरीरमा पानीको सही मात्रा स्थापित गर्नका लागि नरिवलको पानी, दालको रस, फलफूलको जुस, गेडागुुडीसमेत पौष्टिक आहार र सजिलै पच्ने खाना दिनुपर्छ ।